२०८३, मंसिर ७ गते

  • समाचार
  • आज कोजाग्रत पूर्णिमा, दसैँको टीका–जमरा लगाउने...

आज कोजाग्रत पूर्णिमा, दसैँको टीका–जमरा लगाउने क्रम समाप्त हुँदै

आज कोजाग्रत पूर्णिमा, दसैँको टीका–जमरा लगाउने क्रम समाप्त हुँदै

images
आइतवार, कार्तिक ८ २०८३०७:२७
आइतवार, कार्तिक ८ २०८३०७:२७
  • images

    काठमाडौँ । आज कोजाग्रत पूर्णिमा। धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना र रातभर जाग्राम बसेर कोजाग्रत पूर्णिमा मनाइँदै छ। आजसँगै नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत १५ दिन लामो दुर्गा पक्ष समाप्त हुन्छ।

    कोजाग्रत पूर्णिमाको अवसरमा आज साँझ दुर्गाको एक रूप महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ। यसरी पूजा आराधना र जाग्राम बसेमा महालक्ष्मी घरमा प्रवेश गरी धनधान्यले सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ। यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ।

    आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको दसैँको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमामा समाप्त हुन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज साँझ सबै बलि पूर्ति नभएसम्म देवीको प्रसादका रूपमा दसैँको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुन्छ।

    कोजाग्रत पूर्णिमाका दिन बिहानै दसैँघरमा रहेका फूलप्रसाद र जमराका अवशेष नजिकका नदी, तलाउ, पोखरीलगायत तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा छ।

    भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान सुरु हुन्छ। दसैँको बिदा सकिएसँगै तिहारको तयारी सुरु हुने भएकाले पनि कोजाग्रत पूर्णिमालाई महत्त्वका साथ लिने गरिन्छ।

    आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गर्ने र घरघरमा विशेष रूपमा तुलसी पूजा गर्ने प्रचलन छ। कात्तिक स्नान गर्नेले यस अवधिमा दुई दल भएका मास, मुगी, मुसुरो, चना र भटमासलगायत अन्न खान नहुने शास्त्रीय मान्यता रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend