काठमाडौँ । आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहान तराईका भूभाग, उपत्यका तथा खोँचमा हुस्सु र कुहिरो लागेको छ। यस्तो हुस्सु तथा कुहिरो केही समयपछि हट्दै जाने अनुमान गरिएको छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुने सम्भावना छ। अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
आगामी बुधबार वा बिहीबारदेखि भने देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

