२०८३, मंसिर ७ गते

  • समाचार
  • आजको मौसम: पहाडी र तराई क्षेत्रमा...

आजको मौसम: पहाडी र तराई क्षेत्रमा मौसम सफा, बिहान हुस्सु लाग्ने

आजको मौसम: पहाडी र तराई क्षेत्रमा मौसम सफा, बिहान हुस्सु लाग्ने

images
सोमवार, कार्तिक ९ २०८३०७:१०
सोमवार, कार्तिक ९ २०८३०७:१०
  • images

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) पनि देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जनाएको छ ।

    महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो देशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    त्यस्तै, आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको तराई भू–भाग, उपत्यका तथा खाँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend