२०८३, मंसिर ७ गते

  • समाचार
  • आजदेखि पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड बिहान...

आजदेखि पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड बिहान ९ देखि ११ बजेसम्म बन्द

आजदेखि पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड बिहान ९ देखि ११ बजेसम्म बन्द

images
मंगलवार, कार्तिक १७ २०८३१०:१५
मंगलवार, कार्तिक १७ २०८३१०:१५
  • images

    काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिने भएको छ । सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो । 

    नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गरिएको हो । उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने उनले जानकारी दिए ।

    सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ । यसअघि सोमबार दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend