काठमाडौँ । सडक बत्ति जडान गरी उपभोग गरेको बिजुलीको रकम भुक्तानी गर्न नेपाल विद्युत प्राधिकरणले स्थानीय तहलाई सहुलियत दिएको छ । लामो समयदेखि प्रयोग भएको सडक बिजुलीको रकम भुक्तानी गर्न प्राधिकरणले किस्ताबन्दीको सुविधा दिएको हो ।
प्राधिकरणले आईतबार एक सूचना जारी गरी बक्यौता रकम बढीमा ६० महिनासम्मको (५ वर्ष) किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था सार्वजनिक गरेको हो ।
प्राधिकरणले स्थानीय तहहरूलाई आफ्नो बक्यौता रकम यथाशीघ्र बुझाउन आग्रह गरेको छ ।
प्राधिकरणले आइतबार जारी गरेको सार्वजनिक सूचनाको मितिले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको छ ।

