२०८३, मंसिर ७ गते

  • समाचार
  • पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली...

पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

images
शुक्रवार, कार्तिक २० २०८३०६:४५
शुक्रवार, कार्तिक २० २०८३०६:४५
  • images

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

    यस्तै, तराई, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा बिहानपख हुस्सु र कुहिरो लागेको छ ।

    आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ । तराई, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend