काठमाडौँ । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटी अध्यक्षमा प्रभुराम थापा निर्विरोध निर्वाचित भएका छन्। काठमाडौंमा कात्तिक १८ र १९ गते आयोजित दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनबाट थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। अन्य पदका लागि भने निर्वाचन हुने भएको छ।
उपाध्यक्षमा चानकराज पोखरेल र टकबहादुर गुरुङ तथा सचिवमा रामशरण सिम्खडा र सन्तोषकुमार भट्टराई उम्मेदवार छन्। खुलातर्फ उपसचिवमा कृष्णप्रसाद लामिछाने र सुरेश केसी (सूर्य) तथा महिलातर्फ उपसचिवमा ज्योतीदेवी शर्माको उम्मेदवारी परेको छ।
सदस्यमा मध्यपूर्व क्षेत्रबाट खुलातर्फ कृष्णप्रसाद आचार्य, चन्द्रबहादुर गुरुङ, तेजबहादुर कटुवाल, प्रभात त्रिपाठी, विनेशकुमार तामाङ र शालिग्राम पन्त उम्मेदवार छन्। सोही क्षेत्रबाट महिलातर्फ इन्दिरा कटुवाल र रस्मी राई (गुरुङ) को उम्मेदवारी परेको छ।
युरोप क्षेत्रबाट खुलातर्फ इन्द्रप्रसाद ओली, गोविन्दप्रसाद पौडेल, चन्द्रकान्त आचार्य, टीकाराम सापकोटा, सत्यनारायण झा र सुरेन्द्र थपलिया तथा महिलातर्फ चन्द्राकुमारी गुरुङ र सरस्वती केसी उम्मेदवार छन्।
अमेरिका क्षेत्रबाट खुलातर्फ प्रकाश बस्नेत र रमेशप्रसाद घिमिरे घिताल तथा महिलातर्फ कुन्ती थापा र जानकी कार्कीको उम्मेदवारी परेको छ।
पूर्वी एसिया क्षेत्रबाट खुलातर्फ अनित थपलिया, वसन्त राई र रामचन्द्र लोचन तथा महिलातर्फ डा। सन्जुकुमारी पौडेल उम्मेदवार छन्।
ओसियाना क्षेत्रबाट खुलातर्फ केशव जोशी, बालगोपाल उपाध्याय र माधव शाह तथा महिलातर्फ सीता केसी थापाको उम्मेदवारी परेको छ।

