२०८३, मंसिर ७ गते

  • समाचार
  • चितवनका १७ भूमिहीन तथा अव्यवस्थित परिवारले...

चितवनका १७ भूमिहीन तथा अव्यवस्थित परिवारले पाए लालपुर्जा

चितवनका १७ भूमिहीन तथा अव्यवस्थित परिवारले पाए लालपुर्जा

images
शुक्रवार, कार्तिक २० २०८३१२:३२
शुक्रवार, कार्तिक २० २०८३१२:३२
  • images

    काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति चितवनले  रत्ननगर नगरपालिका वडा नं १२ का १७ भूमिहिन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।जसमध्ये १ भूमिहिन दलित, ४ भूमिहिन सुकुम्बासी र १२ अव्यवस्थित परिवार रहेका छन्।

    लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।

    सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend