२०८३, मंसिर ७ गते

  • समाचार
  • आईजीपीमा पुनर्बहालीको मागसहित कार्कीको रिट सर्वोच्चमा...

आईजीपीमा पुनर्बहालीको मागसहित कार्कीको रिट सर्वोच्चमा दर्ता

आईजीपीमा पुनर्बहालीको मागसहित कार्कीको रिट सर्वोच्चमा दर्ता

images
शुक्रवार, कार्तिक २० २०८३१२:४४
शुक्रवार, कार्तिक २० २०८३१२:४४
  • images

    काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले आफूलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

    सरकारको निर्णय गैरकानुनी रहेको दाबीसहित कार्कीले बिहीबार सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता भएको हो। उनले आफूलाई प्रहरी प्रमुखबाट हटाउने मन्त्रिपरिषद्को निर्णय उत्प्रेषणको आदेशमार्फत बदर गरी पुनः आईजीपी पदमा बहाली गर्न माग गरेका छन्।

    कार्कीले आफूलाई पदबाट हटाउनुअघि स्पष्टीकरण सोध्ने वा सुनुवाइको अवसरसमेत नदिइएको र कुनै आधार तथा कारणबिना गैरकानुनी रूपमा पदमुक्त गरिएको जिकिर गरेका छन्।

    रिट दर्ता भए पनि त्यसको सुनुवाइका लागि पेसी भने तोकिएको छैन। सर्वोच्च अदालत प्रशासनका अनुसार रिटको पेसी निर्धारण हुन बाँकी छ।

    मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरिएको थियो। सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ।

    सरकारको उक्त निर्णय कार्यान्वयनमा रोक लगाउँदै आफूलाई पूर्ववत् पदमा पुनर्बहाली गर्नसमेत कार्कीले सर्वोच्च अदालतसँग माग गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend