२०८३, मंसिर ७ गते

  • समाचार
  • पोखरा विमानस्थल प्रकरण : चीनसँगको ऋण...

पोखरा विमानस्थल प्रकरण : चीनसँगको ऋण र ठेकेदारलाई गरिएको भुक्तानी विवरण माग

पोखरा विमानस्थल प्रकरण : चीनसँगको ऋण र ठेकेदारलाई गरिएको भुक्तानी विवरण माग

images
शुक्रवार, कार्तिक २० २०८३०२:४७
शुक्रवार, कार्तिक २० २०८३०२:४७
  • images

    काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकसँग लिएको ऋण तथा निर्माण कम्पनीलाई गरिएको भुक्तानीको सम्पूर्ण विवरण पेस गर्न आदेश दिएको छ ।

    विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट चीनको एक्जिम बैंकसँग लिइएको ऋण, त्यसको भुक्तानी प्रक्रिया र किस्तागत विवरण झिकाउन आदेश दिएको हो ।

    त्यस्तै, अदालतले चिनियाँ निर्माण कम्पनी सीएएमसीले भुक्तानीका लागि दाबी गरेका बिल तथा भरपाइ, हालसम्म भुक्तानी भएको रकम र भुक्तानी हुन बाँकी रकमको विवरण नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पेस गराउन पनि आदेश दिएको छ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको कर तथा महसुल छुटसम्बन्धी निर्णयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनालाई प्रतिवादी बनाउँदै ३ अर्ब ६२ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो ।

    अख्तियारका अनुसार विमानस्थल निर्माणको मूल सम्झौतामा ठेकेदार कम्पनीले नै कर, महसुल तथा अन्य शुल्क बुझाउनुपर्ने व्यवस्था थियो । तर, पछि कार्यान्वयनसम्बन्धी अर्को सम्झौता गरी ती कर तथा शुल्क छुट दिने व्यवस्था गरिएको थियो ।

    मूल सम्झौताविपरीत ठेकेदार कम्पनीलाई कर तथा महसुलमा छुट दिइनु बदनियतपूर्ण रहेको अख्तियारको दाबी छ । राज्यकोषमा दाखिला हुनुपर्ने राजस्व छुट दिएर चिनियाँ कम्पनी सीएएमसीलाई दोहोरो लाभ पुर्‍याइएको आरोपसमेत अख्तियारले लगाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend