२०८३, मंसिर ७ गते

  • समाचार
  • कोशी र बागमती प्रदेशको केही स्थानमा...

कोशी र बागमती प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना

कोशी र बागमती प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना

images
सीएनएन खबर
बिहिवार, कार्तिक २६ २०८३०७:२८
सीएनएन खबर
बिहिवार, कार्तिक २६ २०८३०७:२८
  • images

    काठमाडौं । हाल नेपालमा माथिल्लो वायु मण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    यस्तै, राति भने देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend