२०८३, मंसिर ७ गते

  • समाचार
  • भीमफेदी दुर्घटनाप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त,...

भीमफेदी दुर्घटनाप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त, घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई राहत दिन माग

भीमफेदी दुर्घटनाप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त, घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई राहत दिन माग

images
बिहिवार, कार्तिक २६ २०८३०२:११
बिहिवार, कार्तिक २६ २०८३०२:११
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको हाइस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

    छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकले दुर्घटनामा ज्यान गुमाएको घटनाले आफूलाई स्तब्ध र मर्माहत बनाएको लामिछानेले बताएका छन्।

    उनले एउटै बस्ती र टोलमा परेको अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गरेका छन्।

    दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लामिछानेले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

    उनले दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार निःशुल्क गर्न तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend