२०८३, मंसिर ७ गते

  • समाचार
  • भीमफेदी ईभी दुर्घटनामा मृत्यु हुनेको संख्या...

भीमफेदी ईभी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, पाँच जना एकै परिवारका

भीमफेदी ईभी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, पाँच जना एकै परिवारका

images
बिहिवार, कार्तिक २६ २०८३०३:४७
बिहिवार, कार्तिक २६ २०८३०३:४७
  • images

    काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। घटनास्थलबाट थप तीन जनाको शव फेला परेसँगै मृतकको संख्या १४ पुगेको हो।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ। मृतकमध्ये पाँच जना महिला तथा बालबालिका र नौ जना पुरुष रहेका छन्।

    प्रहरीका अनुसार मृतकमध्ये सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डलसहित १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका बासिन्दा हुन्।

    यसअघि पहिचान खुलेका मृतकमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५/३६ वर्षीय गुड्डु यादव, ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय रामदुलार यादव, २४/२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन्।

    दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव, ३ वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदिप यादव रहेका छन्।

    घाइतेमध्ये मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्। तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल पठाइएको छ। त्यस्तै, ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

    काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस बिहीबार बिहान करिब ५:४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

    दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend