काठमाडौँ । माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा मौसम प्रभावित भएको छ। हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागको मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज बिहीबार पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

