२०८३, मंसिर ७ गते

  • समाचार
  • १९ वर्षीया गर्भवती महिलाको हवाई उद्धार,...

१९ वर्षीया गर्भवती महिलाको हवाई उद्धार, थप उपचारका लागि काठमाडौँ ल्याइयो

१९ वर्षीया गर्भवती महिलाको हवाई उद्धार, थप उपचारका लागि काठमाडौँ ल्याइयो

images
शुक्रवार, कार्तिक २७ २०८३१०:४९
शुक्रवार, कार्तिक २७ २०८३१०:४९
  • images

    काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत ओखलढुङ्गाकी १९ वर्षीया गर्भवती महिलाको उद्धार गरिएको छ।

    कार्तिक २६ गते सिद्धिचरण नगरपालिका–३ निवासी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि मन्त्रालयको पहलमा थप उपचारका लागि हवाईमार्गबाट काठमाडौँ ल्याइएको हो।

    दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend