२०८३, मंसिर ७ गते

  • समाचार
  • भीमफेदी दुर्घटनाका पीडितलाई क्षतिपूर्ति र रोजगारी...

भीमफेदी दुर्घटनाका पीडितलाई क्षतिपूर्ति र रोजगारी दिने सहमति, पोस्टमार्टम सुरु

भीमफेदी दुर्घटनाका पीडितलाई क्षतिपूर्ति र रोजगारी दिने सहमति, पोस्टमार्टम सुरु

images
शुक्रवार, कार्तिक २७ २०८३०३:३७
शुक्रवार, कार्तिक २७ २०८३०३:३७
  • images

    काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने र पीडित परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने सहमति भएको छ ।

    स्थानीय प्रशासन र मृतकका परिवारबीच आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने, अभिभावक गुमाएका बालबालिकाको संरक्षण तथा सहयोग गर्ने र पीडित परिवारका सदस्यलाई रोजगारी दिने विषयमा सहमति जुटेको हो ।

    सहमति भएसँगै दुर्घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ । दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये पाँच जनाको बिहीबार राति नै पोस्टमार्टम गरिएको थियो । चालकको पोस्टमार्टमपछि परिवारले शव बुझिसकेको छ भने बाँकी नौ जनाको पोस्टमार्टम भइरहेको छ ।

    मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान उक्त दुर्घटना भएको थियो ।

    काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस सडकबाट करिब पाँच सय मिटर तल खोल्सामा खसेको थियो ।

    दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए । छठ पर्व मनाउन घर फर्किंदै गरेका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका यात्रु दुर्घटनामा परेका थिए ।

    सरकारले पीडित परिवारलाई क्षतिपूर्ति, बालबालिकाको संरक्षण र रोजगारीको व्यवस्था गर्ने जिम्मेवारी लिने सहमति भएपछि शव व्यवस्थापनको प्रक्रिया अघि बढेको हो ।

     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend