२०८३, मंसिर ७ गते

  • समाचार
  • दिल्लीबाट आएका भारतीय नागरिकको झोलामा भेटियो...

दिल्लीबाट आएका भारतीय नागरिकको झोलामा भेटियो ३.५ किलो थाई गाँजा, विमानस्थलबाट पक्राउ

दिल्लीबाट आएका भारतीय नागरिकको झोलामा भेटियो ३.५ किलो थाई गाँजा, विमानस्थलबाट पक्राउ

images
आइतवार, कार्तिक २९ २०८३१२:३२
आइतवार, कार्तिक २९ २०८३१२:३२
  • images

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३।५ किलोग्राम थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    लागूऔषध नियन्त्रण ब्युरोका अनुसार भारतको दिल्लीबाट नेपाल आएका २२ वर्षीय सलमानलाई शनिबार पक्राउ गरिएको हो । उत्तर प्रदेश ठेगाना भएका उनलाई विमानस्थलमा शंकास्पद यात्रुको निगरानी गर्ने क्रममा जाँच गर्दा लागूऔषधसहित फेला पारिएको ब्युरोले जनाएको छ ।

    ब्युरोको विमानस्थल शाखामा खटिएको प्रहरी टोलीले उनको झोलाभित्र प्लास्टिकको प्याकेटमा लुकाएर राखेको अवस्थामा थाई गाँजा बरामद गरेको ब्युरोका सूचना अधिकारी दुर्गाराज रेग्मीले जानकारी दिएका छन् । 

    प्रहरीले उनको साथबाट एक थान पासपोर्ट र एक थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका भारतीय नागरिकमाथि ब्युरोले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend