२०८३, मंसिर ७ गते

  • समाचार
  • सिन्धुलीमा लोहोरो प्रहार गरी श्रीमतीको हत्या,...

सिन्धुलीमा लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सिन्धुलीमा लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

images
मंगलवार, मंसिर १ २०८३१०:४४
मंगलवार, मंसिर १ २०८३१०:४४
  • images

    काठमाडौँ । सिन्धुलीमा ढुङ्गाको लोहोरोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ ।

    जिल्लाको कमलामाई नगरपालिका–१० डाँडाटोलमा सामान्य विवादका क्रममा श्रीमान्ले लोहोरो प्रहार गर्दा ४० वर्षीया सानुकुमारी कार्कीको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार सोमबार राति करिब १ बजे ४२ वर्षीय मनोज कार्कीले आफ्नै श्रीमती सानुकुमारीको टाउकोमा ढुङ्गाको लोहोरोले प्रहार गरेका थिए । गम्भीर चोट लागेकी उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

    घटनाबारे राति १ः१५ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

    प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मनोज कार्कीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend