काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी कर दाखिला गर्ने करदाता तथा विभिन्न क्षेत्रका उत्कृष्ट संस्थालाई सम्मान गरेका हुन्।
सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ गतेको स्मरणमा २०६९ सालदेखि हरेक वर्ष राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। करदातालाई कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले दिवसका अवसरमा विभिन्न विधामा सबैभन्दा बढी कर दाखिला गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने गरिएको छ।
यस वर्ष निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ। एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल र वस्तु निर्याततर्फ डाबर नेपाल प्रालिले सम्मान प्राप्त गरेका छन्।
त्यस्तै, सूचना प्रविधि सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स प्रालि र बैंकिङ क्षेत्रतर्फ नबिल बैंक लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन्।
स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड र वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालिले सम्मान पाएका छन्।
वार्षिक ५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि सम्मानित भएको छ। ऊर्जा उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि र रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेडले सम्मान प्राप्त गरेका छन्।
व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् भने मूल्य अभिवृद्धि करतर्फ हिमालयन डिष्टिलरी लिमिटेड सम्मानित भएको छ।
यसैगरी, वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड र विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालिले सम्मान प्राप्त गरेका छन्।
बीमा तथा वित्तीय क्षेत्रतर्फ जीवन बीमामा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, निर्जीवन बीमामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन्।
राष्ट्रिय कर दिवसमा सम्मानित १९ उत्कृष्ट करदाता
|
क्र.सं. |
विधा |
सम्मानित करदाता |
|---|---|---|
|
१ |
सबैभन्दा बढी आयकर दाखिला गर्ने निकाय |
सूर्य नेपाल प्रालि |
|
२ |
एकलौटी फर्म |
थर्ड आई इन्टरनेशनल |
|
३ |
वस्तु निर्यात |
डाबर नेपाल प्रालि |
|
४ |
सूचना प्रविधि सेवा निर्यात |
इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल |
|
५ |
कृषि तथा पशुपन्छीजन्य उद्योग |
ओसीबी फुड्स एन्ड फिड्स प्रालि |
|
६ |
बैंकिङ क्षेत्र |
नबिल बैंक लिमिटेड |
|
७ |
स्वास्थ्य तथा शैक्षिक संस्था |
नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड |
|
८ |
पर्यटन व्यवसाय |
सोल्टी होटल लिमिटेड |
|
९ |
वस्तु व्यापार |
सीजी इम्पेक्स प्रालि |
|
१० |
५० देखि १०० करोडसम्म वार्षिक कारोबार |
फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि |
|
११ |
ऊर्जा उद्योग |
भोटेकोशी पावर कम्पनी प्रालि |
|
१२ |
रेमिट्यान्स तथा मनी ट्रान्सफर |
आईएमई लिमिटेड |
|
१३ |
व्यक्तिगत आय |
राजबहादुर शाह |
|
१४ |
मूल्य अभिवृद्धि कर |
हिमालयन डिष्टिलरी लिमिटेड |
|
१५ |
५० करोडसम्म वार्षिक कारोबार |
इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड |
|
१६ |
विशेष उद्योग |
वरुण बेभरेज नेपाल प्रालि |
|
१७ |
जीवन बीमा |
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड |
|
१८ |
निर्जीवन बीमा |
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड |
|
१९ |
लघुवित्त |
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड |

