२०८३, मंसिर ७ गते

  • समाचार
  • काठमाडौं उपत्यकामा आजदेखि मासु जाँच ऐन...

काठमाडौं उपत्यकामा आजदेखि मासु जाँच ऐन लागू, परीक्षणबिनाको मासु बिक्री गर्न नपाइने

काठमाडौं उपत्यकामा आजदेखि मासु जाँच ऐन लागू, परीक्षणबिनाको मासु बिक्री गर्न नपाइने

images
मंगलवार, मंसिर १ २०८३०१:०८
मंगलवार, मंसिर १ २०८३०१:०८
  • images

    काठमाडौँ । काठमाडौं उपत्यकामा आजदेखि मासु जाँच ऐन, २०५५ लागू भएको छ। ऐन कार्यान्वयनमा आएसँगै अब पशुको स्वास्थ्य परीक्षण र मासुको गुणस्तर जाँच नगरी मासु बिक्री तथा वितरण गर्न पाइने छैन।

    ऐनअनुसार पशु वधशाला सञ्चालन गर्न तथा मासु बिक्री गर्न सम्बन्धित निकायबाट अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्नेछ। पशु वध गर्नुअघि स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ।

    त्यस्तै, वध गर्न योग्य ठहरिएका पशुलाई तोकिएको वधशालामै काट्नुपर्नेछ। पशु वध गरिसकेपछि पनि मासुको स्वास्थ्य तथा गुणस्तर परीक्षण अनिवार्य गरिएको छ।

    जाँचका क्रममा मासुमा कुनै खराबी वा रोग भेटिएमा त्यस्तो मासुको आंशिक वा पूर्ण बिक्री वितरणमा रोक लगाउन सकिने व्यवस्था ऐनमा छ।

    ऐन कार्यान्वयनसँगै उपत्यकामा अस्वस्थकर तथा गुणस्तरहीन मासुको बिक्री नियन्त्रण हुने र उपभोक्ताले स्वच्छ तथा सुरक्षित मासु उपभोग गर्न पाउने अपेक्षा गरिएको छ।

    मासु जाँच ऐनको प्रभावकारी कार्यान्वयनका लागि पशु वधशाला, मासु पसल तथा मासु बिक्री वितरणमा संलग्न व्यवसायीले तोकिएका मापदण्ड पालना गर्नुपर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend