काठमाडौं । यती एयरलाइन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज बिष्टलाई नियुक्त गरेको छ ।
कम्पनीले प्रमुख व्यवसाय अधिकृत (सीबीओ) का रूपमा कार्यरत बिष्टलाई सीईओको जिम्मेवारी दिएको हो ।
कम्पनीका अनुसार बिष्टको नेतृत्व क्षमता, व्यावसायिक अनुभव तथा संस्थाप्रतिको समर्पणलाई मूल्याङ्कन गर्दै उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
बिष्टको नेतृत्वमा कम्पनीले आफ्नो सेवा, व्यावसायिक गतिविधि तथा संस्थागत विकासलाई थप सुदृढ बनाउने विश्वास यती एयरलाइन्सले व्यक्त गरेको छ ।
कम्पनीले उनको नेतृत्वले यती एयरलाइन्सलाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ ।

