२०८३, मंसिर ७ गते

  • समाचार
  • ललितपुरबाट स्रोत नखुलेको १ करोड ६७...

ललितपुरबाट स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ

ललितपुरबाट स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ

images
मंगलवार, मंसिर १ २०८३०४:०५
मंगलवार, मंसिर १ २०८३०४:०५
  • images

    काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित ललितपुरबाट तीन जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

    प्रहरीका अनुसार बा.प्र.१–०२७ च २७६५ नम्बरको भ्यानमा राखिएको बोराबाट उक्त रकम बरामद गरिएको हो । नख्खुचोकतर्फ जाँदै गरेको भ्यानलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीले रकम फेला पारेको जनाएको छ ।

    बरामद रकममध्ये एक हजार रुपैयाँ दरका नोट १ करोड ९ लाख ८७ हजार, पाँच सय रुपैयाँ दरका ५१ लाख ५० हजार, ५० रुपैयाँ दरका ४२ हजार ६००, २० रुपैयाँ दरका ४२ हजार ३६०, १० रुपैयाँ दरका १० हजार २७०, पाँच रुपैयाँ दरका एक हजार र एक रुपैयाँ दरका पाँच लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले बरामद रकमको स्रोत तथा घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend