२०८३, मंसिर ७ गते

नेपाली प्रविधि उद्योग प्रवर्द्धन गर्न नास–आईटी एक्स्पो हुँदै, ३० भन्दा बढी कम्पनी सहभागी हुने

नेपाली प्रविधि उद्योग प्रवर्द्धन गर्न नास–आईटी एक्स्पो हुँदै, ३० भन्दा बढी कम्पनी सहभागी हुने

images
बुधवार, मंसिर २ २०८३०७:३८
बुधवार, मंसिर २ २०८३०७:३८
  • images

    काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी)ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो–२०२६’ आयोजना गर्ने भएको छ। 

    नास–आईटीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै अगामी ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित अगामी मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा एक्स्पो आयोजना गरिने जनाएको हो।

    पत्रकार सम्मेलनमा बोल्दै नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको बताए।

    उनले एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्च मात्र नभई व्यवसाय, प्रविधि र प्रतिभालाई जोड्ने अवसर समेत भएको बताए। उनले नेपालमा निर्माा गरिएका सफ्टवेयर तथा प्राविधिक उत्पादनहरुले छोटो समयमै राम्रो उपलब्धी प्राप्त गर्न सफल भएको बताए। नेपालमा निर्माण गरिएका सफ्टवेयरहरुलाई नेपाली बजारमा परिचित गराउनको लागि समेत एक्स्पो महत्वपूर्ण हुने उनले स्पष्ट पारे। 

    उनले भने, ‘सूचना र प्रविधिको क्षेत्रमा काम गर्ने सबै कम्पनीहरु संगठित भएर यो क्षेत्रलाई र प्रविधि उद्योगलाई अझ अगाडि बढाउन के गर्न सकिन्छ भन्ने उद्देश्यका साथ हामीले यो संस्थाको स्थापना गरेका हौँ। शुरुवाती दिनमा हामीले आइटी पोलिसीको कुराहरुमा फोकस गरिरहेका थियौँ। हाम्रा उत्पादन र सेवाहरुलाई अन्तर्राष्ट्रियस्तरमा कसरी लैजान सकिन्छ भनेर त्यसमा काम गरेको अवस्था थियो। त्यसमा सबै क्षेत्रबाट सहयोग पाएका छौँ। त्यसैलाईं निरन्तरता दिनको लागि हामी एक्स्पो आयोजना गर्न लागेका हौँ।’

    एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी छ वटा क्षेत्रमा कार्यरत ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने समेत उनले जानकारी दिए।

    नास–आईटीले नोभेम्बर २०२५ मा पहिलो संस्करणको नास–आईटी एक्स्पो आयोजना गरेको थियो। पहिलो संस्करणको अनुभवलाई निरन्तरता दिँदै यस वर्षको एक्स्पोलाई थप प्रभावकारी र व्यावसायिक सहकार्य केन्द्रित बनाउने आयोजकको अपेक्षा छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend