२०८३, मंसिर ७ गते

  • समाचार
  • दानबहादुर कार्कीको रिटमा न्यायाधीश पौडेलको इजलासमा...

दानबहादुर कार्कीको रिटमा न्यायाधीश पौडेलको इजलासमा सुनुवाइ

दानबहादुर कार्कीको रिटमा न्यायाधीश पौडेलको इजलासमा सुनुवाइ

images
बुधवार, मंसिर २ २०८३१०:२२
बुधवार, मंसिर २ २०८३१०:२२
  • images

    काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

    रिट निवेदनको सुनुवाइका लागि सर्वोच्च अदालतको बेन्च नम्बर ८ को ९ज० क्रमसंख्यामा पेसी तोकिएको छ । उक्त रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको हो ।

    इजलासको पेसी सूची अनुसार क्रमसंख्या ९ज०मा रहेकाले आजै उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ हुने अपेक्षा गरिएको छ ।

    यसअघि ३० कात्तिककै पेसी तोकिएको भए पनि सरकारले सार्वजनिक बिदा दिएका कारण सरेको थियो ।

    आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न तथा मनोज केसीलाई आईजीपीको हैसियतमा कुनै पनि कामकाज गर्न नदिन अन्तरिम आदेशको माग गर्दै कार्कीले गत कात्तिक २० गते रिट दर्ता गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend