२०८३, मंसिर ७ गते

  • समाचार
  • मौसमी प्रणाली निष्क्रिय, केही स्थानमा हुस्सु...

मौसमी प्रणाली निष्क्रिय, केही स्थानमा हुस्सु र चट्याङसहित वर्षाको पूर्वानुमान

मौसमी प्रणाली निष्क्रिय, केही स्थानमा हुस्सु र चट्याङसहित वर्षाको पूर्वानुमान

images
सीएनएन खबर
शनिवार, मंसिर ५ २०८३०८:१२
सीएनएन खबर
शनिवार, मंसिर ५ २०८३०८:१२
  • images

    काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भाग, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

    आज दिउँसो कोशी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

    यस्तै, कोशी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

    त्यसैगरी, कोशी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend