काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलहरु आज खेल्दैछन । समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग खेल्नेछ भने भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
समूह बी बाट लगातार दुई खेल हारिसकेको माल्दिभ्स समूह चरणबाटै बाहिरिसकेको छ भने आयोजक नेपालसहित भुटान र श्रीलंका सेमिफाइनल पुग्ने होडमा छन भने नेपाल र भुटान यस समूहमा अपराजित छन तर गोल अन्तरमा नेपाल अघिछ ।
नेपाल र श्रीलंका बीचको खेलको नतिजापछि समूह बी बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । नेपाल र श्रीलंकाबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
दुवै सेमिफाइनल खेल आइतबार हुनेछ भने फाइनल खेल आउने बुधबार हुनेछ ।

