२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • फेदीखोलाको सम्पन्न गर्याे ३ दिने व्यवहारिक...

फेदीखोलाको सम्पन्न गर्याे ३ दिने व्यवहारिक प्रशिक्षण तालिम

फेदीखोलाको सम्पन्न गर्याे ३ दिने व्यवहारिक प्रशिक्षण तालिम

सीएनएन खबर
बिहिवार, कार्तिक ८ २०८१०४:०७
सीएनएन खबर
बिहिवार, कार्तिक ८ २०८१०४:०७
  • images

    काठमाडौँ । स्याङजाको फेदीखोला गाउँपालिकाले व्यवहारिक ज्ञान तथा उत्प्रेरण अभिवृद्धि अभियान सम्पन्न गरेको छ । ‘सफलताको निर्धारण भाग्यले होइन नियमित कर्म र सकारात्मक सोचले गर्दछ’ भन्ने मूल अभियानका साथ सञ्चालन गरिएको तीन दिने उक्त कार्यक्रम बुधबार सम्पन्न भएको हो । 

    कार्तिक ४ गतेदेखि व्यावहारिक ज्ञान एबम उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सुरु गरिएको थियो । 

    उक्त कार्यक्रममा कालिका मानवज्ञान मा.वि बुटवलका पि.टि तथा उत्प्रेरणा प्रशिक्षक हरिस ओलीले विभिन्न चरण चरणमा प्रशिक्षण गरेका थिए । 

    विद्यालयलाई सफल बनाउन शिक्षालाई मजबूत बनाउन विद्यार्थी, शिक्षक, अभिभावकको भूमिकालाई स्पष्ट रुपमा देखाउँदै प्रशिक्षक ओलीले अनुभव गरेका विभिन्न ठाउँका असल अभ्यासहरु राखेका थिए । 

    जसले अभिभावक, विद्यार्थी, शिक्षक तथा विभिन्न व्यवस्थापन समितिमा रहेका सबैमा प्रभावकारी उत्प्रेरणा जगाएको थियो ।

    सफलताको निर्धारण कर्म बाट नै हुने रहेछ, हामीले नै गर्नु पर्ने रहेछ र आज बाटै सुरु गर्नु पर्ने रहेछ भन्ने अनुभूति सबैमा जगाएको जनाईएको छ । 

    उक्त कार्यक्रम पालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुका लागि लक्षित गरिएको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend