२०८३, आश्विन २० गते

images

श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

बिहिवार, कार्तिक ८ २०८१०८:०३
बिहिवार, कार्तिक ८ २०८१०८:०३
  • images

    काठमाडौं । साफ महिला च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । नेपालले शानदार जित निकालेसँगै नेपाल समूह विजेता बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराएको हो । नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

    पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एक एक गोल गरिन् । सविताले खेलको आठौँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

    यस्तै खेलको ११औँ मिनेटमा नेपालका लागि सावित्राले गोल गर्दै २–० को अग्रता दिलाइन् । यसैगरी खेलको १३औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३–० को अवस्थामा पुर्‍याइन् । यस्तै रेखाले नै खेलको ३६औँ मिनेटमा थप गोल गर्दै नेपाललाई पहिलो हाफमा ४–० को अग्रता दिलाइन् ।

    दोस्रो हाफमा नेपालले दुई गोल मात्र गर्नसक्यो । दोस्रो हाफमा अमिशा कार्की र रश्मीकुमारी घिसिङले एक एक गोल गरे । अमिशाले खेलको ४७औँ मिनेटमा तथा रश्मीले खेलको ९४औँ मिनेटमा गोल गरे । अब नेपालले घरेलु मैदानमा च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग खेल्ने भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend