२०८३, आश्विन १९ गते

images

नरैनापुरमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अन्तरक्रिया

नरैनापुरमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अन्तरक्रिया

सीएनएन खबर
आइतवार, आषाढ १६ २०८११२:२१
सीएनएन खबर
आइतवार, आषाढ १६ २०८११२:२१
  • images

    काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले नरैनापुर गाउँपालिकामा एकदिवसीय खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सरोकारवाला संग आज शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख आतिथ्य तथा सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिहं माझीको आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अमित भुषण सुमनले गरेका थिए ।

    कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक लाल चौधरी, वडा नं ६ का अध्यक्ष प्रेम मौर्य, नेपाल प्रहरी र सशस्त्र जम्मा ५० जनाको सहभागिता रहेको थियो ।

    ‘खाध स्वच्छतामा लगानी बढाऔँ, अप्रत्यासित अवस्थाको पूर्वतयसरी गरौँ’ भन्ने नारासहित सुरु भएको उक्त जनचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै कार्यालय प्रमुखले खाद्य स्वच्छताको परिचय, खाद्य स्वच्छता कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।

    नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले यस्तो जनचेतनामुलक कार्यक्रम समाजमा चेतना ल्याउनको लागि अति नै आवश्यक र सहयोगसिद्ध हुने तथा आगामी दिनमा यसलाई अझै घनिभूत पार्दै लानुपर्ने कुरामा जोड दिएका थिए । 

    सहायक प्रमुख जिल्ला अधिकारी माझीले यो कार्यक्रम जनप्रतिनिधिलाई मात्र नभएर विद्यालय तथा आम उपभोक्ता तहसम्म पुर्याउन सके खानपान तथा जीवनशैलीमा अपेक्षित उपलब्धि हासिल हुनसक्ने धारणा ब्यक्त गरे । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend