२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • साफ महिला च्याम्पियनसिप :  भारतलाई हराउँदै...

साफ महिला च्याम्पियनसिप :  भारतलाई हराउँदै नेपाल फाइनलमा

साफ महिला च्याम्पियनसिप :  भारतलाई हराउँदै नेपाल फाइनलमा

आइतवार, कार्तिक ११ २०८११०:३३
आइतवार, कार्तिक ११ २०८११०:३३
  • images

    काठमाडौं । भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । साफ वुमन्स च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी भएको थियो । पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको हो । 

    नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’, गीता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार गोलमा परिणत भयो । भारतकी मनिषा, के पुरुषोत्तमको प्रहार सफल हुँदा कप्तान आसालता र रञ्जना चानुको पेनाल्टी प्रहारमा चुके ।

    त्यसअघि निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । नेपालले अब उपाधिका लागि बंगालदेशसँग भिड्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend