२०८३, आश्विन १९ गते

images
  • समाचार
  • लालीगुराँस सहकारीः अध्यक्ष सहित ४ जना...

लालीगुराँस सहकारीः अध्यक्ष सहित ४ जना प्रक्राउ, ६ अर्ब ३० करोड अपचलन

लालीगुराँस सहकारीः अध्यक्ष सहित ४ जना प्रक्राउ, ६ अर्ब ३० करोड अपचलन

सीएनएन खबर
आइतवार, आषाढ १६ २०८१०१:२५
सीएनएन खबर
आइतवार, आषाढ १६ २०८१०१:२५
  • images

    काठमाडौँ । सहकारीको रकम अपचलन गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले ललितपुरको लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीलाई पक्राउ गरेको छ । 

    प्रहरीले सकारीका बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको आरोपमा अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदमबाबा जोशीलाई पक्राउ गरेको हो । 

    २०८० चैत १ गते ३ करोड ठगीको आरोपसहित उनीहरूविरुद्ध ललितपुर प्रहरी परिसरमा उजुरी परेको थियो ।

    सोही उजुरीमाथि अनुसन्धानका क्रममा चैत ३० गते जिल्ला अदालतले पक्राउका लागि अनुमति (पुर्जी) दिएको थियो ।

    पक्राउ परेका अध्यक्ष श्रेष्ठ ७६ वर्ष उमेरका हुन् । उनले ३१ वर्ष नेपाल बैंक लिमिटेडमा काम गरेका थिए । उनले बैंकको मुख्य कार्यालयमा चिफ म्यानेजरको रूपमा समेत काम गरेको प्रहरीले जनाएको  छ ।

    प्रहरीका अनुसार सर्वसाधारणहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाईन्छ भनि विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याइ निक्षेप अपचलन गरेको आधारमा प्रक्राउ गरिएको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend