काठमाडौं । नेपालमा दोस्रो पटक विमानमा बमको हल्ला चलेको छ । सोमबार काठमाडौंबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखिएको हल्ला फैलिएको हो ।
सुरक्षा अधिकारीहरूले विमान चेकजाँच थालेका छन् । एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि चेकजाँच भइरहेको क्यानले जनाएको छ ।
दिल्लीबाट १३७ जना यात्रु लिएर आएको सो विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्किँदै थियो । तर, दिल्लीबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच भइरहेको जनाइएको छ । सो विमानमा १६९ जना यात्रु दिल्ली उड्ने प्रतीक्षामा छन् ।
यसअघि कात्तिक ६ गते भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेको थियो । लगत्तै प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गर्दा केही फेला परेको थिएन ।

