२०८३, आश्विन २० गते

images

एयर इन्डियाको जहाजमा भेटिएन बम

एयर इन्डियाको जहाजमा भेटिएन बम

सोमवार, कार्तिक १२ २०८१०६:२०
सोमवार, कार्तिक १२ २०८१०६:२०
  • images

    काठमाडौं ।  भारतीय वायुसेवा एयर इन्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना हल्ला मात्र भएको पुष्टि भएको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले  विमानमा कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएको बताइन्।

    नेपाली सेना र नेपाल प्रहरीले गरेको चेकजाँचपछि एयर इण्डियाको जहाजमा बम रहेको भन्दै आएको सूचना गलत भएको पुष्टि भएको उनले बताइन।

    सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले जाँच थालेको थियो। रोकिएको जहाज अव नियमित उडानमा फर्किने बाटो खुलेको छ।

    यसअघि कात्तिक ६ मा पनि भारतीय विमान भिस्तारा एयरमा बम राखेको हल्ला चलाइए पनि पुष्टि हुन सकेको थिए। भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरमा बम नभएको पुष्टि भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend