२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • साफ महिला च्याम्पियनशिप : नेपाललाई स्तब्ध...

साफ महिला च्याम्पियनशिप : नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो च्याम्पियन

साफ महिला च्याम्पियनशिप : नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो च्याम्पियन

बुधवार, कार्तिक १४ २०८१०८:५७
बुधवार, कार्तिक १४ २०८१०८:५७
  • images

    काठमाडौं । साफ महिला च्याम्पियनशिपको उपाधि बंगलादेशले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो।

    खेलमा बंगलादेशलाई जीत दिलाउन मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गरिन् । बंगलादेशले लगातार दोस्रोपटक साफको उपाधि जितेको छ । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् । तीनै गोल दोस्रो हाफमा भएका हुन् ।

    खेलको ५२औं मिनेटमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेकी थिइन् । कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तीको फाइदा उठाउँदै निकालेको बललाई नियन्त्रणमा लिँदै मोनिकाले गोल गरेकी हुन् ।

    त्यतिबेला नेपालले ४ मिनेटमै गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काइन् । प्रीति राईले निकालेको थ्रु बललाई नियन्त्रणमा लिँदै अमिशाले सहजै गोल गरिन् ।

    ८१औं मिनेटमा रितु पोर्ना चक्माले गोल गर्दै बंगलादेशलाई २–१ को अग्रता दिलाइन् । करीब २५ यार्ड परबाट रितुले उत्कृष्ट गोल गरेकी हुन् । यो गोल नै निर्णायक बन्दा बंगलादेश च्याम्पियन बनेको छ ।

    यसअघि सन् २०२२ को संस्करणमा नेपाललाई बंगलादेशले ३–१ ले हराएको थियो । नेपाली महिला टीमले हारेको यो १२औं फाइनल हो । साफको फाइनलमा पुगेर नेपाल ६ पटक पराजित भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend