२०८३, आश्विन १९ गते

images
  • समाचार
  • काठमाडौं उपत्यकासहित देशका यी स्थानमा वर्षाको...

काठमाडौं उपत्यकासहित देशका यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित देशका यी स्थानमा वर्षाको सम्भावना

आइतवार, कार्तिक १८ २०८१०९:२२
आइतवार, कार्तिक १८ २०८१०९:२२
  • images

    काठमाडौं । आज (आइतबार) काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो। यस्तै देशका बाँकी भूभागका पनि एक/दुई स्थानमा त्यस्तै खालको वर्षा हुने सम्भावना छ। 

    खासगरी आज कोसी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । देशका बाँकी भूभागका हकमा भने लुम्बिनीका एक/दुई स्थानमा पानी पर्ला, कर्णालीका एक/दुई स्थानमा पर्ला, तराईतिरलाई आज खासै वर्षाको सम्भावना छैन।

    यस्तै बागमती प्रदेशअन्तर्गत आज दिउँसो काठमाडौँ उपत्यकामा पनि फाटफुट वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू‍भागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।


    यस्तै राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू‍भागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको मौसम महाशाखाले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend