२०८३, आश्विन २० गते

images
  • समाचार
  • आजदेखि छोटियो सरकारी कार्यालय खुला हुने...

आजदेखि छोटियो सरकारी कार्यालय खुला हुने समय

आजदेखि छोटियो सरकारी कार्यालय खुला हुने समय

मंगलवार, कार्तिक २० २०८१११:३१
मंगलवार, कार्तिक २० २०८१११:३१
  • images

    काठमाडौँ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुला हुँदै आएको सरकारी कार्यालय आजदेखि १ घण्टा छोटिएको छ । 

    तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुल्दैछन् । साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिने भएको हो ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो ।

    गएको बिहीवार अर्थात कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिए पनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् ।

    गएको माघ १६ देखि कात्तिक १५ सम्म बिहान १० बजे कार्यालय खुलेर बेलुका ५ बजे बन्द हुँदै आएको थियो । 

    २०७४ साल चैत १४ मा राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले यस्तो नियम बनाएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend