काठमाडौँ । स्याङजाको फेदीखोला गाउँपालिकाले सवारी चालक तथा कार्यालय सहयोगीलाई लक्षित गर्दै क्षमता अभिवृद्धि तालिम दिएको छ ।
‘गुणस्तरीय सेवा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पालिकाले कात्तिक २० र २१ गते २ दिने जिम्मेवारी बोध एवम क्षमता अभिवृद्धि विषयक तालिम तथा कार्यशाला गोष्ठी सञ्चालन गरेको हो ।
उक्त तालिममा पालिका भित्र रहेका सबै स्वास्थ्य संस्था, विद्यालय तथा अन्य कार्यालयका कार्यालय सहयोगी र ती संस्थामा आबद्द सवारी चालकहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश, प्रदेश प्रशिक्षण प्रतिष्ठानका तालिम पाठ्यक्रम विकास विज्ञ दिल प्रसाद मगरले प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।

