२०८३, आश्विन २० गते

images

नेपाल यू–१९ महिला टिम विश्वकपमा छनोट

नेपाल यू–१९ महिला टिम विश्वकपमा छनोट

बुधवार, कार्तिक २८ २०८१०६:४८
बुधवार, कार्तिक २८ २०८१०६:४८
  • images

    काठमाडौं । नेपाल आईसीसी यू–१९ महिला विश्वकपमा घनोट भएको छ। बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा युएईमाथि ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल समुह विजेताको रुपमा विश्वकपमा पुगेको हो।

    विश्वकपमा छनोट भएसँगै नेपालले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाएको छ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ।


    ६ खेलबाट समान १० अंक भएपनि युएईभन्दा नेपाल नेट रनरेटमा अघि रहँदै विश्वकपमा पुगेको हो। अंक तालिकामा नेपालको युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४।४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

    नेपालका सना प्रविन ३५ र सोनी पाख्रिन १३ रनमा अविजित रहे। कप्तान पुजा महतो २१ रन बनाउँदा एलबीडब्लू धरापमा परिन्। ओपनर सावित्री धामी १२ रनमा क्याच आउट भइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend