२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • फेदीखोलाले सञ्चालनमा ल्यायो ‘बुक फ्रि फ्राइडे’...

फेदीखोलाले सञ्चालनमा ल्यायो ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम

फेदीखोलाले सञ्चालनमा ल्यायो ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम

शनिवार, मंसिर १ २०८१०९:१०
शनिवार, मंसिर १ २०८१०९:१०
  • images

    काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले एक विद्यालय अनिवार्य एक उद्यम कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

    पालिकाको अध्यक्ष घनश्याम सुवेदीको अग्रसरतामा पालिकाले शुक्रबार वडा नं २ मा रहेको श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालयबाट उक्त कार्यक्रमको सुरुवात गरेको हो । 

    विद्यार्थीलाई व्यावहारिक शिक्षा मा जोड्दै उद्यमशीलता सिकाउने अभियान स्वरूप कार्यक्रम शुभारम्भ गरिएको पालिकाले जनाएको छ । 

    पालिका अध्यक्ष सुवेदीले उक्त विद्यालयले हप्ताको एक दिन विद्यार्थीलाई बुक नल्याउने र व्यवहारिक सीप सिकाउने गरी ‘बुक फ्रि फ्राइडे’ अभियान सञ्चालनमा ल्याईएको बताए । 

    Phedikhola1.jpg

    उनले आफ्नै स्थानीय तहमा उत्पादित र उपलब्ध कचा पदार्थको प्रयोग गरी दुना, टपरी, कृषिजन्य उत्पादन तथा बाटेको धूप बनाउन सिकाइने बताए । 

    उनी आफैले बनाएको धूप जलाएर, बनाउने अभ्यास गरेर विद्यार्थीलाई थप हौसला र उत्साह प्रदान गरेका थिए । 

    हरेक विद्यालयहरुलाई एउटा एउटा उद्यममा जोड्ने गरी कार्यक्रम ल्याउने र विद्यालय सुधार योजनामा हरेक विद्यालय ले उद्यमलाई समेटेर राखेमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने अध्यक्ष सुवेदीले प्रतिवद्धता व्यक्त गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend