२०८३, आश्विन १९ गते

images
  • समाचार
  • घुस रकम सहित फुङलिङ नगरपालिकाका सिनियर...

घुस रकम सहित फुङलिङ नगरपालिकाका सिनियर प्राविधिक अख्तियारको  नियन्त्रणमा

घुस रकम सहित फुङलिङ नगरपालिकाका सिनियर प्राविधिक अख्तियारको  नियन्त्रणमा

सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०७:३८
सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०७:३८
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फुङलिङ नगरपालिकाका सिनियर प्राविधिक अख्तर हुसेनलाई नियन्त्रणमा लिएको छ । 

    सेवाग्राहीबाट एक लाख रुपैयाँ रकम लिएको अभियोगमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । फुङलिङ नगरपालिका–२ तारीबुङ क्षेत्रमा निर्माणाधीन रङ्गशालाको कामबाट हुसेनले अतिरिक्त रकम लिएको निर्माण व्यवसायीको दाबी छ । 

    फुङलिङ नगरपालिका–२ का वीरबहादुर तामाङले आफूले ठेक्कामार्फत काम गरेको र प्राविधिकले लगातार पैसा मागेपछि अख्तियारमा खबर गरेको बताएका छन् ।

    काम गरेवापतको छ लाख ६४ हजार पाँच सय ४१ रुपैयाँ भुक्तानी लिएको र भुत्तानीको चेक लिनुअघिदेखि नै हुसेनले मलेपको टोलीलाई दिनुपर्छ भनेर २० प्रतिशत पैसा मागेको तामाङले बताए । आफूले पैसा दिन नसकिने भनेपछि पटकपटक फोन गरेर २० बाट घटेर १५ प्रतिशत मागेको उनको भनाइ छ । त्यसपछि अख्तियारको कार्यालयमा खबर गरेर अख्तियारको टोली आएपछि उनको निवासमा गएर उनले मागेको १५ प्रतिशत पैसा दिएको तामाङले बताए ।

    काम सम्पन्न गरेर पनि आफूलाई भुक्तानी लिन निकै हैरानी दिएको तामाङको गुनासो छ । नगरपालिका उपप्रमुख नेतृत्वको टोलीले अनुगमन गर्नुपर्ने, अनुगमन गरेरपनि उपप्रमुखले पहिला प्राविधिकलाई सही गराउनु भन्ने, प्राविधिकले उपप्रमुखलाई सही गराउनु भन्ने जस्ता हैरानी दिएको तामाङको भनाइ छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend