२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • सिद्धार्थ बैंक बन्यो नेपाल प्रिमियर लिगको...

सिद्धार्थ बैंक बन्यो नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक

सिद्धार्थ बैंक बन्यो नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक

सीएनएन खबर
सोमवार, मंसिर ३ २०८१०६:५७
सीएनएन खबर
सोमवार, मंसिर ३ २०८१०६:५७
  • images

    काठमाडौँ । क्रिकेट संघ नेपाल (क्यान) द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ को मुख्य प्रायोजक सिद्धार्थ बैंक बनेको छ । 

    बैंक २०२४ देखि २०२९ सम्म (५ वर्ष) को मुख्य प्रायोजकको रुपमा आवद्ध भएको छ । क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारीज्यू, बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संचालक समितिका सदस्यज्यू, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्षज्यू र प्रमुख कार्यकारी अधिकृतज्यूको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो ।

    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पौष ६ गतेसम्म कीर्तिपुर स्थित टी।यू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।

    नेपालको क्रिकेट जगतलाई थप उचाइमा पु¥याउने उद्देश्यका साथ सिद्धार्थ बैंक उक्त लिगसँग जोडिएको बैंकका अध्यक्ष मनोज कुमार केडियाले बताए । 

    बैंकका प्रमुख कार्यकारी अधिकृत कंडेलले बैंकको यस समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पु¥याइ देशको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउन मद्दत पुग्ने धारणा व्यक्त गरे ।

    पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मुख्य प्रायोजकको रुपमा जोडिएको हो । यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीहरूमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पु¥याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend