२०८३, आश्विन १९ गते

images
  • समाचार
  • शिक्षा मन्त्रालयले सुरु गर्‍यो ‘करिअर काउन्सेलिङ’का...

शिक्षा मन्त्रालयले सुरु गर्‍यो ‘करिअर काउन्सेलिङ’का लागि विशेष वेबसाइट

शिक्षा मन्त्रालयले सुरु गर्‍यो ‘करिअर काउन्सेलिङ’का लागि विशेष वेबसाइट

सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०१:५८
सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०१:५८
  • images

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वृत्ति मार्गनिर्देशन अर्थात् करिअर काउन्सेलिङका लागि नयाँ विशेष वेबसाइट सार्वजनिक गरेको छ। वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको छ।  यो लिङ्कमा गएर विद्यार्थीहरूले आफ्नो करिअरबारे सूचना र सहायता लिन सक्नेछन्:  https://cgs.moest.gov.np/

    छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिएको छ भने सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकैठाँउबाट सार्वजनिक गर्ने प्रबन्ध गरिएको छ। 

    जीवनमा के बन्ने, के पढ्ने, कस्तो पेशा छनोट गर्ने भन्ने निकै जटिल प्रश्न हुन्छ। यो वेबसाइटले विद्यार्थीलाई आफ्नो रुचि अनुसारको शिक्षा छनोट गर्न, छात्रवृत्तिका अवसर पत्ता लगाउन, विभिन्न पेशाबारे थाहा दिन मद्दत गर्नेछ। विद्यार्थीले आफ्नो वृत्ति मार्ग निर्धारण गर्न समाजका अशल र सफल पात्रहरूका प्रेरणाका कथाहरू पनि वेबसाइटमा हेर्न र पढ्न मिल्नेछ।

    वेबसाइटमा राखिएको प्रश्नावलीमा सहभागी भई करियर असेसमेन्टमार्फत विद्यार्थीहरूले आफ्नो क्षमता जाँच गरेर वृत्ति सुझाव प्राप्त गर्न सक्नेछन्।  वेबसाइटमा पेशा र रोजगारीका लागि जानकारी पाइने इ लर्निङका स्रोतहरू पनि राखिएको छ।

    यही कार्यक्रमअन्तर्गत शिक्षामन्त्री सुमना श्रेष्ठले आफै सञ्चालन गरेर ८ एपिसोडमा विभिन्न पेशाका मानिसहरूमार्फत ती पेशाका सम्भावना र चुनौतीबारे बहस समेत गरेकि थिइन । ती सबै युट्युब पोडकास्ट पनि वेबसाइटमा राखिएको छ। 

    वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता, वैयक्तिक रुचि, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रूपमा मार्ग निर्देशित गर्न विद्यार्थीलाई सूचना, परामर्श, एवम् वृत्ति मार्गनिर्देशन सेवा प्रदान गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन कार्यक्रम लागु गरिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend