२०८३, आश्विन २० गते

images

धरहराबाट एनपीएलको ट्रफी अनावरण

धरहराबाट एनपीएलको ट्रफी अनावरण

सोमवार, मंसिर १० २०८१०१:१६
सोमवार, मंसिर १० २०८१०१:१६
  • images

    काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सुन्धरास्थित धरहरा परिसरबाट अनावरण गरिएको छ। 


    प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान आयोजित एक समारोहमा धरहराबाट ट्रफी सार्वजनिक गरेका हुन्।

    कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको सहभागिता थियो। कार्यक्रममा आठ वटा टिमका खेलाडी पनि सहभागी थिए। ​ 

    ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपालको पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

    कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको जानकारी दिए। उनले यो ट्रफीमात्र नभई यसले विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत दिएको बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend