२०८३, आश्विन १९ गते

images

पोखरा महानगरमा अख्तियारको छापा

पोखरा महानगरमा अख्तियारको छापा

सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०४:२५
सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०४:२५
  • images

    काठमाडौँ । पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको अख्तियारको कार्यालय पोखराका प्रमुख अस्मान तामाङले बताए ।

    मणिपाल शिक्षण अस्पताललाई नियम विपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको तामाङले बताए ।


    अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend