२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बेँसीसहर–चामे सडकको लमजुङ खण्ड खुल्यो, मनाङ...

बेँसीसहर–चामे सडकको लमजुङ खण्ड खुल्यो, मनाङ खण्ड अवरुद्ध

बेँसीसहर–चामे सडकको लमजुङ खण्ड खुल्यो, मनाङ खण्ड अवरुद्ध

सीएनएन खबर
बुधवार, आषाढ १९ २०८११०:२८
सीएनएन खबर
बुधवार, आषाढ १९ २०८११०:२८
  • images

    काठमाडौँ । अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ ।  उक्त सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मस्र्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
     
    प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताए । 

    लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ । मङ्गलबार राति चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend