२०८३, आश्विन २० गते

images

तीनजना युवा भाषा वैज्ञानिक पुरस्कृत

तीनजना युवा भाषा वैज्ञानिक पुरस्कृत

सीएनएन खबर
बिहिवार, मंसिर १३ २०८१०२:५२
सीएनएन खबर
बिहिवार, मंसिर १३ २०८१०२:५२
  • images

    काठमाडौँ । भाषा विज्ञान नेपालको ४५ औं अन्तराष्ट्रिय सम्मेलनमा तीनजना विद्यार्थीहरु ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत भएका छन् । 

    दर्शनाचार्य–विद्यार्थीवरिधि (एमफिल–पिएचडी) मा अध्ययनरत युवा भाषा वैज्ञानिकहरु मोहन गुरुङ, सिर्जना घिमिरे र नेह गर्ग ‘युवा भाषा वैज्ञानिक पुरस्कार–२०८१’को आवार्डबाट पुरस्कृत भएका हुन् । गुरुङ र घिमिरे त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग र गर्ग बनारस हिन्दु युनिर्भसिटीका विद्यार्थी हुन् ।

    मंसिर ११ र १२ गते काठमाडौंमा सम्पन्न सम्मेलनमा अनुसन्धान लेखन र प्रस्तुतीकरणको आधारमा उनीहरु नगद १० हजार रुपैयाँ, प्रमाणपत्र र आवार्डबाट पुरस्कृत भएका हुन् । 

    ‘गण्डकी क्षेत्रको ठाडो भाकाः समाज भाषिक अध्ययन’ विषयको अनुसन्धान लेखन एवम् प्रस्तुतीकरणको आधारमा गुरुङले आवार्ड जितेका हुन् ।

    ‘बहुभाषिक कक्षाकोठमामा सिकाईमा कठिनाई’ विषयबाट घिमिरेले र ‘मैथिलीका शाब्दिक, रुपात्मक तथा वर्णनात्मक प्रेरणार्थक संकेतनः तुलनात्मक अध्ययन’ विषयबाट खोज, लेखन र प्रस्तुतीकरणको आधारमा गर्गले आवार्ड पाएका हुन् ।

    हरेक वर्षको अंग्रेजी महिना डिसेम्बर २६ र २७ गते आयोजना गरिने सम्मेलनमा नेपालका दुईजना र नेपाल बाहिरका एकजना भाषा वैज्ञानिकले यो आवार्ड पाउँछन् । यो आवार्ड नेपालको भाषा बारे अध्ययन, अनुसन्धान र लेखनका लागेका भाषा वैज्ञानिकहरुले पाउँछन् । 
     
    डा. समर सिन्हा (सिक्किम विश्वविद्यालयका प्रोफेसर), डा. दानराज रेग्मी र डा. भिमलाल गौतम  (त्रिभुवन विश्वविद्यालय) रहेको मुल्याङ्कन समितिले उनीहरुलाई आवार्डका लागि सिफारिस गरेको थियो ।

    सम्मेलनमा अमेरिका, अष्ट्रेलिया, भारत, जर्मनी, साउदी अरब, पोल्याण्ड, बेलायत लगायत १० देशका भाषा वैज्ञानिकहरुको साहभागिता थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend