काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको भाउ बढाएको छ । कर्पाेरेसनले मंगलबार राति १२ बजेदेखि लागूहुने गरी नुनको उपभोक्ता मूल्य ४ रुपैयाँले बढाएको हो ।
यसअघि प्रतिकिलो २२ रुपैयाँमा बिक्री हुँदै आएको उपभोक्ता मूल्य अब भने किलोको २६ रुपैयाँ पुगेका छ । कर्पाेरेशनले ८ वर्षपछि नुनको मूल्य बढाएको हो ।
‘आयो नुन’ एक किलो प्याकेटको थोक मूल्य २३ रूपैयाँ भएको छ। त्यस्तै उपभोक्ता मूल्य अब २६ रूपैयाँ पर्नेछ’, कर्पाेरेशनले जारी गरेको सूचनामा भनिएको छ, ‘न्यू–शक्ति नुन’ एक किलोको थोक मूल्य १७ रूपैयाँ र उपभोक्ता मूल्य २० रूपैयाँ कायम भएको छ । ‘भानु नुन’ एक किलोको मूल्य ९ रूपैयाँ तोकिएको छ ।’

