२०८३, आश्विन १९ गते

images
  • समाचार
  • काठमाडौं महानगरका २ विद्यालयमा बाबा परियोजना...

काठमाडौं महानगरका २ विद्यालयमा बाबा परियोजना सुरु

काठमाडौं महानगरका २ विद्यालयमा बाबा परियोजना सुरु

सीएनएन खबर
बुधवार, आषाढ १९ २०८१०५:३५
सीएनएन खबर
बुधवार, आषाढ १९ २०८१०५:३५
  • images

    काठमाडौँ । एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले काठमाडौंको भित्री क्षेत्रका दुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना औपचारिक रुपमा सुरु गरेको छ । 

    काठमाडौं महानगरपालिका (कामनपा), शहरी योजना आयोग र विद्यालयका प्रतिनिधिहरूकोे उपस्थितिमा एक प्रारम्भिक कार्यशालाको आयोजना गरेर उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । काठमाडौं महानगरपालिकाले उक्त परियोजनाद्वारा यहाँका सरकारी शैक्षिक संस्थाहरुलाई थप प्रभावकारी बनाउने र शिक्षाको गुणस्तर बढाउने परिकल्पना गरेको छ ।
      
    परियोजनामा सहभागी विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन, रिसाइक्लिङ्ग, पुनः प्रयोग, अप साइकलिङ्ग, र फोहोरको वर्गीकरण जस्ता विविध विषयहरुको ज्ञान प्रदान गरिनेछ । उनीहरुलाई वातावरणीय समस्याहरु, वातावरण संरक्षणमा हाम्रो जिम्मेवारी जस्ता ज्ञान प्रदान गर्नु नै यस परियोजनाको मूख्य उद्देश्य हो । 

    कार्यशालामा एकिकृत शहरी विकास केन्द्रका कार्यकारी निर्देशक नविन विकास महर्जनले बाबा परियोजनाबारे जानकारी गराएका थिए । परियोजनाको संयोजक समिक्षा भट्टराईले कार्यक्रमको उद्देश्य, कार्यविधि, गतिविधि र अपेक्षित नतिजाहरुको बारेमा चर्चा गरिन ।
    सो परियोजनालाई कामनपा वडा नं २२ मा रहेको हिमालय मावि र कामनपा वडा नं १२ मा रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा पूरक कार्यक्रमका रूपमा राखिएको छ ।
    शहरी योजना आयोग (शिक्षा) का श्री शैलेन्द्र झाले बाबा कार्यक्रमलाई कामनपाको वातावरण व्यवस्थापन विभागको कम्युनिटी मोबिलाइजेसन युनिट अर्थात सीएमयूद्वारा परिचालन र कार्यान्वयन गरिएको बताए । ‘बाबा कार्यक्रमलाई पुनर्जीवित र एकीकृत गर्ने उद्देश्यले एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडबीच भएको सहकार्यबाट हामी निकै खुसी छौँ । यस सहकार्यले महानगरको ‘बुक फ्री फ्राइडे’ पहलको समर्थन गर्ने कुरा पनि निकै प्रशंशायोग्य छ’, उनले भने ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend