काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ । बिहीबार घटेर कारोबार भएको सेयर बजारले आइतबार पनि बिहीबारकै घट्दो क्रमलाई निरन्तरता दिएको हो ।
तथ्यांक अनुसार आइतबार सेयर बजार ९.९ अंकले घटेर २७३८.०६ बिन्दुमा झरेको छ । आज ६३ कम्पनीको मात्र सेयर मूल्य बढ्दा ८ अर्ब ८३ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ६३ कम्पनीको सेयर बढेको, १७८ कम्पनीको सेयर मूल्य घट्दा भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।
आइतबार विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूह ४.५ प्रतिशत बढ्दा व्यापार समूह ९ प्रतिशतले बढेको छ । विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढेकै कारण व्यापार समूहमा उच्च वृद्धि देखिएको हो ।
बैंकिङ १.४७, फाइनान्स २.९६, हाइड्रोपावर १.१४, लगानी १.१५, जीवन बीमा १.३५, उत्पादन ०.५७, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.०१ र अन्य समूह १.३५ प्रतिशत घटेको छ ।
विशाल बजार कम्पनीका अलवा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंकको ९.६, सपोर्ट माइक्रोफाइनान्सको ९.४, मितेरी विकास बैंकको ७.६ र इमर्जिङ नेपालको ७.५ प्रतिशत मूल्य बढ्यो ।
जानकी फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । नेपाल फाइनान्सको ९.१, उपकार लघुवित्तको ५.४, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ४.६ तथा मानुषी लघुवित्तको ४.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधार एक्सल डेभलपमेन्ट बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, मितेरी विकास बैंक तथा ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।

