२०८३, आश्विन १९ गते

images
  • अटो
  • होन्डाको मनसुन सर्भिस क्याम्प सुरु, के...

होन्डाको मनसुन सर्भिस क्याम्प सुरु, के छन् सुविधा ?

होन्डाको मनसुन सर्भिस क्याम्प सुरु, के छन् सुविधा ?

सीएनएन खबर
बुधवार, आषाढ १९ २०८१०६:२३
सीएनएन खबर
बुधवार, आषाढ १९ २०८१०६:२३
  • images

    काठमाडौँ । होन्डा गाडीका लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प सुरु गरेको छ । सोमबारबाट सुरु भएको उक्त क्याम्प २१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

    क्याम्प ललितपुरको धोविघाटस्थित होन्डा शोरुममा सञ्चालन भएको हो । ५ दिनसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एबं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरीक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरीक्षण निशुल्क रुपमा गराउन पाउनेछन् ।

    यसैगरी, गाडीको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्ट्समा ७ प्रतिशत छुट, लेवर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाइनेछ । साथै, डेन्टपेन्टमा १५ प्रतिशत र एसि रिफिलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend